क्षितिजले जिते कामनपा वडा अध्यक्ष कप बुद्धिचाल  

उपाधि विजेता क्षितिजलाई बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरे ।

जेष्ठ २३, २०८३

कान्तिपुर संवाददाता

Kshitij wins the Kamanpa Ward Chairman Cup with intelligence

काठमाडौँ — फिडे मास्टर क्षितिज भण्डारीले  काठमाडौं महानगरपालिका–१० को आयोजनामा भएको राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुला फिडे रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताका उच्च वरीयता २२०० रेटेड खेलाडी क्षितिज ९ चरणमा ८ जित र एक बराबरी खेल्दै ८.५ अंकसाथ अपराजित विजेता बने ।

उपाधि विजेता क्षितिजलाई बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरे । तीन खेलाडीले समान ७.५ अंक बनाउँदा सीएम सुश्रुत दाहालले टाइब्रेक प्वाइन्टका आधारमा दोस्रो भए । २११९ रेटेड युवा सुश्रुतले ३० हजार पाए । २०४६ रेटेड धिरेन राई तृतीय भई २४ हजार तथा सविनचन्द्र घिमिरे चौथो भई १४ हजार पुरस्कार जितेका छन् ।

पाँचौंदेखि दसौं स्थान ओगट्न सफल खेलाडीले जनही१० हजार पुरस्कार जिते ।

महिलातर्फ रिया श्रेष्ठ प्रथम भइन् । उनले १२ हजार पुरस्कार हात पारिन् । प्रतिस्पर्धामा उमेर समूह, रेटिङ समूह, अनरेटेड, उत्कृष्ट स्थानीय सबैलाई पुरस्कार प्रदान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully