खुला करातेमा बाघभैरव टिम च्याम्पियन

१८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र २ कांस्यसाथ बाघभैरव समग्रमा टिम च्याम्पियन बन्यो ।

जेष्ठ २३, २०८३

कान्तिपुर संवाददाता

Baghbhairav ​​team champions in open karate

काठमाडौँ — नेपालको बाघभैरव डोजोले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ७ स्वर्ण, ३ रजत र २ कांस्यसाथ बाघभैरव समग्रमा टिम च्याम्पियन बन्यो ।

आयोजक टेक्सास कलेजमा भएको प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित भारतीय टिम दोस्रो भयो । तेस्रो स्थानमा रहेको नेपालको ठैव डोजोले ४ स्वर्ण र १ कांस्य जित्यो ।

नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुषमा अरनिको डोजोका रोशन खत्री र महिलामा चिल्ड्रेन मोडेल माविकी अयुष्मा मगर उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर, आयोजक टेक्सासका कार्यकारी अध्यक्ष भेषराज पोखरेललगायतले पुरस्कृत गरे । सो अवसरमा काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडा र समाजसेवी सुनिल शाहीलाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा नेपालबाट २ सय ३२ र भारतबाट २२ खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

कान्तिपुर

Link copied successfully