आन्द्रेभा बनिन् फ्रेन्च ओपन च्याम्पियन

रोलान्ड ग्यारोसमा भएको फाइनलमा आन्द्रेभाले पोलिस १ सय १४ औं वरीयताकी खेलाडी चावलिन्स्कीलाई ६–३ र ६–२ ले हराएर पहिलोपल्ट ग्रान्ड स्लाम उपाधि जितेकी हुन् ।

जेष्ठ २३, २०८३

हिमेश

Andreeva becomes French Open champion

काठमाडौँ — आठौं वरीयताकी रुसी खेलाडी मिरा आन्द्रेभाले शनिबार क्वालिफायर माजा चावलिन्स्कीलाई सिधा दुई सेटमा पराजित गर्दै फ्रेन्च ओपन २०२६ को उपाधि जितेकी छिन् ।

रोलान्ड ग्यारोसमा भएको फाइनलमा आन्द्रेभाले पोलिस १ सय १४ औं वरीयताकी खेलाडी चावलिन्स्कीलाई ६–३ र ६–२ ले हराएर पहिलोपल्ट ग्रान्ड स्लाम उपाधि जितेकी हुन् । उनी ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेको पनि यो पहिलो पटक हो ।

यसैक्रममा १९ वर्षीया आन्द्रेभा सन् १९९२ यता फ्रेन्च ओपन जित्ने सबैभन्दा कान्छी खेलाडी पनि भएकी छिन् । सन् १९९२ मा मोनिका सेलेसले १८ वर्षको उमेरमा यो उपाधि जितेकी थिइन् ।

हिमेश

Link copied successfully