अन्नपूर्ण चेस सुरु

कान्तिपथस्थित अन्नपूर्ण विद्यालयको हातामा जारी प्रतियोगितामा ५ सयभन्दा खेलाडीको सहभागिता छ ।

जेष्ठ २२, २०८३

कान्तिपुर संवाददाता

Annapurna Chess begins

काठमाडौँ — २१ औं अन्नपूर्ण चेस च्याम्पियनसिप शुक्रवार सुरु भएको छ । कान्तिपथस्थित अन्नपूर्ण विद्यालयको हातामा जारी प्रतियोगितामा ५ सयभन्दा खेलाडीको सहभागिता छ । पहिलो दिन यू–९ र यू–११ उमेर समूहको गरी कुल ४ स्पर्धाका छनोट खेल भएको छ ।।

शनिवार यू–१३ र १३ वर्षमाथिको समेत गरी ४ समूहको छनोट खेल हुने छ । सबै समूहको अन्तिम चरणको खेल आइतबार हुनेछ ।

अन्नपूर्ण चेसअन्तर्गत महिला राष्ट्रिय च्याम्पियनसिप तथा उमेर समूहको राष्ट्रिय च्याम्पियनसिपसमेत आयोजना भइसकेको छ ।

कान्तिपुर

Link copied successfully