केएमसीको जितमा विधानको शतकीय इनिङ्स

टस जितेको केएमसीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनायो । विधान सापकोटाले ५५ बलमा १०५ रनको शतकीय इनिङ्स खेले । अविनराज यादवले २४ रनको योगदान दिए ।

जेष्ठ २१, २०८३

कान्तिपुर संवाददाता

Vidhan's century innings in KMC's victory

What you should know

काठमाडौं — तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा बिहीबार अपी र केएमसी स्कुलले लगातार दोस्रो जित पाएको छ ।

दुवै क्वाटरफाइनलमा पुग्न सफल भए । बिहीबारै संस्कृति, विस्डम र अक्षरिका स्कुल पनि विजयी भए । माथिल्लो मूलपानी क्रिकेट मैदानमा केएमसीले ग्यालेक्सी पब्लिक स्कुललाई ६२ रनले हरायो । टस जितेको केएमसीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनायो । विधान सापकोटाले ५५ बलमा १०५ रनको शतकीय इनिङ्स खेले । अविनराज यादवले २४ रनको योगदान दिए ।

१८६ रनको लक्ष्य पाएको ग्यालेक्सी १९.३ ओभरमा १२३ रनमै समेटियो । खुशवेन्द्र साहले ५२ र वैभवनारायण साहले अविजित ३० रन बनाए । केएमसीका खुशबेन्द्र साहले ३ विकेट लिए भने विधान लुइँटेल र अमितकुमार दासले २–२ विकेट लिए । विधान ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

सोही मैदानमा अपीले ज्ञान मन्दिरलाई १९१ रन अन्तरले पराजित गर्‍यो । अपीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६५ रनको विशाल योगफल तयार गर्‍यो । कुसुम प्रसादले ६७ बलमा १२० रन र युगान्त कार्कीले ३५ बलमा ८२ रन बनाए । जवाफमा ज्ञान मन्दिर १८ ओभरमा ७४ रनमै समेटियो । अपीका विशाल बुढा र कुसुम प्रसादले २–२ विकेट लिए । कुसुम प्लेयर अफ द म्याच घोषित भए ।Vidhan's century innings in KMC's victory

तल्लो मूलपानी क्रिकेट मैदानमा विज्डम एकेडेमीले क्लिन्टन स्कुललाई ४१ रनले हरायो । विज्डमले २० ओभरमा १० विकेट गुमाएर ९८ रन बनायो । क्लिन्टन ५७ रनमै अलआउट भयो । आयुष थापा ७ विकेट लिएर प्लेयर अफ द म्याच बने ।

सोही मैदानमा संस्कृतिले अक्षरा स्कुललाई ५ विकेटले हरायो । अक्षराले दिएको ११५ रन लक्ष्य पछ्याएको संस्कृतिले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गेवांशजंग लामिछानेले अविजित ६४ रनको इनिङ्स खेले । उनी प्लेयर अफ द म्याच भए ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अक्षरिकाले लिभरपुललाई ३७ रनले हरायो । अक्षरिकाले दिएको १३८ रनको लक्ष्यमा लिभरपुल १८.३ ओभरमै १०० रनमा समेटियो । अक्षरिका आर्यन शाह प्लेयर अफ द म्याच बने । सोही मैदानमा द सेलिब्रेसन सहशिक्षा विद्यालय र पिक प्वाइन्ट एकेडेमीबीचको खेल वर्षाका कारण रद्द भयो । दुवै टोलीले १–१ अंक बाँडे ।

सबै खेलका ‘प्लेयर अफ द म्याच’ लाई पिक प्वाइन्टको तर्फबाट जनही १५ सय प्रदान गरिएको आयोजक काठमाडौं जिल्ला क्रिकेट संघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully