काठमाडौं विद्याकुञ्ज (केभीकेएसएस) र फेरिल्यान्ड दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ सेमिफाइनल पुगेका हुन् ।
काठमाडौं — काठमाडौं विद्याकुञ्ज (केभीकेएसएस) र फेरिल्यान्ड दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ सेमिफाइनल पुगेका छन् ।
बिहीबार केभीकेएसएसले बेलमोन्टलाई १९–१३ स्कोरले हरायो । केभीकेएसएसकी खुशी मिफोकले १२ स्कोर जोडिन् । फेरिल्यान्डले आयोजक तेजस्वी एकेडेमीलाई २१–१५ स्कोरले हरायो । फेरिल्यान्डकी रेनुका तामाङले ८ स्कोर गरिन् ।
गर्ल्समै इडेन ब्रिज एकेडेमी (इबीए) ले संस्कृति शिक्षासदनलाई २०–१२ तथा भ्याली पब्लिकले बागमतीलाई २५–१७ ले हराएर सेमिफाइनल सुरक्षित गरे । इबीएकी अनामिका पटेल र मेनुका मगरले ६–६ तथा भ्याली पब्लिककी दृश्य गुरुङले ९स्कोर बटुले ।
ब्वाइजमा नवोदितले टीआईएलाई ३४–२५, गोल्डेनपिकले काठमाडौं भ्याली स्कुललाई ४४–३२, न्युटनले भ्याली पब्लिकलाई ४९–४१ र मार्वलसले गण्डकीलाई ३७–३० ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । नवोदितका सम्योजन हमालले १९, गोल्डेनपिकका सुशिल गिरीले १२, न्युटनका युनिक कार्कीले २१ र मार्वलसका सिनेप शाहीले १७ स्कोर जोडे । सेमिफाइनल मार्वलस र नवोदित तथा न्युटन र गोल्डेनपिकबीच हुनेछ ।
