तेजस्वी एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नवोदितले जेबी स्कुललाई ५०–४६ स्कोरले पराजित गर्यो । नवोदितका संयोजन हमाल र आदेश बगालेले १६–१६ स्कोर गरे ।
काठमाडौँ — नवोदित र काठमाडौं भ्याली स्कुल दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबलको ब्वाइजतर्फ क्वाटरफाइनल पुगेका छन् ।
तेजस्वी एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नवोदितले जेबी स्कुललाई ५०–४६ स्कोरले पराजित गर्यो । नवोदितका संयोजन हमाल र आदेश बगालेले १६–१६ स्कोर गरे । रियान बानियाँको १२ स्कोरमा काठमाडौं भ्यालीले क्यानभास वसन्त ऋतुलाई ३७–२६ ले हरायो ।
ब्वाइजमै भ्याली पब्लिकले बागमतीलाई ४५–३५, न्युटनले स्कोलर्स होमलाई ४८–३७, गोल्डेनपिकले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ४४–३५, गण्डकीले लालीगुराँस नेसनल एकेडेमीलाई ३८–३७, मार्वलसले ह्वाइट हेभनलाई ४२–३२ र टीआईएले संस्कृति शिक्षा सदनलाई २८–२० ले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका अशोक बिकले १७, न्युटनका आशिष राईले १६, गोल्डेनपिकका प्रिजम केसीले १२, गण्डकीका तपेन्द्र ओडले २०, मार्वलसका नवीन कार्कीले ९ र टीआईएका दिवस जोशीले १० स्कोर गरे ।
क्वाटरफाइनलमा नवोदितले टीआईए, गोल्डेनपिकले काठमाडौं भ्याली, न्युटनले भ्याली पब्लिक र गण्डकीले मार्वलसविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
गर्ल्सको क्वाटरफाइनल समीकरण तय भइसकेको छ । ईबीए र संस्कृति शिक्षासदन, केभीकेएसएस र बेलमोन्ट, भ्याली पब्लिक र बागमती तथा फेरिल्यान्डले तेजस्वी ‘ए’ बीच क्वाटरफाइनल हुनेछ ।
