पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा भारतले भुटानलाई १–० ले हराएको हो ।
गोवा (भारत) — दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशले वुमेन्स साफ च्याम्पियनसिप २०२६ को फाइनलमा आयोजक भारतको सामना गर्ने भएको छ । पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा भारतले भुटानलाई १–० ले हराएको हो ।
भारतका लागि एक मात्र गोल सनफिडा नोनग्रमले ५८ औं मिनेटमा गरिन् । त्यसअगाडि बंगलादेशलले पहिलो सेमिफाइनलमा नेपाललाई २–१ ले हराएको थियो । फाइनल शनिबार हुनेछ र यो सन् २०१६ को प्रतियोगिताको फाइनल पुनरावृत्ति हुनेछ ।
त्यो संस्करण पनि भारतकै सिलगुढीमा भाएको थियो र भारत नै च्याम्पियन भएको थियो । बंगलादेश भने पछिल्ला दुई संस्करणको विजेता हो र उसले लगातार तेस्रोपल्ट फाइनल खेल्दै छ । भारत भने सन् २०१९ यता पहिलोपटक फाइनल खेल्दैछ ।
