नेपाललाई हराउँदै बंगलादेश फाइनलमा

दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो ।

जेष्ठ २०, २०८३

हिमेश

Bangladesh defeats Nepal to reach final

गोवा (भारत) — बंगलोदशले नेपाललाई २–१ ले पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिको फाइनलमा प्रवेश गरेको छ । दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो ।

दोस्रो हाफको अतिरिक्त समयमा सागोरिकाले गोल गरेपछि बंगलादेशले एक गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो । खेल अतिरिक्त समयमा अग्रसर रहेका बेला सागोरिकाले गोल गरेकी हुन् ।

दोस्रो हाफको इन्ज्युरी समयमा रितु पोर्नाचक्माले बंगलादेशका लागि बराबरी गोल फर्काएकी थिइन् । नेपालले गीता रानाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा गीताले २३ औं मिनेटमा गोल गरेकी हुन् ।

दीपा शाहीको कर्नरमा बंगलादेशी डिफेन्सले क्लियर गर्न नसकेको बललाई गीताले पोस्टको दिशा दिएकी हुन् । खेलको ३६ औं मिनेटमा प्रीति राईको प्रहार पोस्टमा लागेर फर्केपछि नेपाल थप अग्रता लिनबाट चुकेको हो ।

यस्तै ४२ औं मिनेटमा रेखा पौडेलको हेड पोस्टको केही दूरीबाट बाहिरिएको थियो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै रेखाको प्रहार पोस्टमा लागेको थियो । यस्तै ७८ औं मिनेटमा सागोरिकाको शक्तिशाली प्रहारलाई नेपाली गोलरक्षक अन्जली सुब्बाले उत्कृष्ट बचाउ गरेकी थिइन् ।

हिमेश

Link copied successfully