खो खोमा कुमुदिनी र मंगल मावि च्याम्पियन

कीर्तिपुरस्थित कभर्डहलमा भएको प्रतियोगिताको छात्रमा बागेश्वरी दोस्रो र मंगल मावि तेस्रो भए । छात्रामा एसियन ग्यालेक्सी दोस्रो र मदन स्मारक मावि तेस्रो बने ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Kho Khoma Kumudini and Mangal Mavi champions

काठमाडौं — कुमुदिनी कुञ्ज र मंगल माविले दोस्रो उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगिताको उपाधि जितेका छन् । कुमुदिनी कुञ्ज छात्र र मंगल मावि छात्रामा च्याम्पियन बने ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको प्रतियोगिताको छात्रमा बागेश्वरी दोस्रो र मंगल मावि तेस्रो भए । छात्रामा एसियन ग्यालेक्सी दोस्रो र मदन स्मारक मावि तेस्रो बने ।

कीर्तिपुर खो खो एकेडेमीको आयोजना तथा कीर्तिपुर नगरपालिका वडा २ को प्रायोजनमा भएको प्रतियोगिताको छात्रमा कुमुदिनीका सुप्रिम तामाङ उत्कृष्ट रनर तथा बागेश्वरीका दीपेन्द्र बडुवाल उत्कृष्ट एट्याकर चुनिए । छात्रामा एसियन ग्यालेक्सीकी आइ लामा उत्कृष्ट रनर र मंगलकी दृष्टि महर्जन उत्कृष्ट एट्याकर चुनिए ।

विजेतालाई कीर्तिपुर नगरपालिका मेयर कृष्णमान डंगोल, त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका सदस्य प्रा.डा. रामकृष्ण महर्जनलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १६–१६ छात्र/छात्रा टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक विक्की महर्जनले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully