सातौं राष्ट्रिय फेन्सिङमा एपीएफ र आर्मी विजेता

सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र पुरुषमा त्रिभुवन आर्मी टिम च्याम्पियन बनेका छन् ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

APF and Army win in the 7th National Fencing

What you should know

काठमाडौँ — सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र पुरुषमा त्रिभुवन आर्मी टिम च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा सम्पन्न प्रतियोगिताअन्तर्गत महिला फोयल टिम इभेन्टमा अनिता अधिकारी, उर्मिला लामा, उर्मिला माझी र आइसा श्रेष्ठको एपीएफ टिमले स्वर्ण पदक जितेको हो । निश्चल मगर, सुबिना मगर, समृद्धि मगर र आयुस्का पोखरेल सहभागी गण्डकीले रजत पदक जित्यो । सुदूरपश्चिमले कांस्य पदक हासिल गरे । सुदूर टिमबाट इशारा थापा, लक्ष्मी चौधरी र पूजा कुँवरले प्रतिस्पर्धा गरेका थिए ।

APF and Army win in the 7th National Fencing

सिनियर पुरुष फोयल टिम इभेन्टमा स्वर्ण जित्ने आर्मीबाट अनुप भण्डारी, नरेन्द्र धामी, भुवन मलिक र वीरसिंह शाहीले खेलेका थिए । गण्डकी टिम रजत पदक जित्न सफल भयो । बागमती र सुदूरपश्चिमले संयुक्त तेस्रो स्थान हासिल गरे ।

एपीएफले सिनियर महिला इपी टिम इभेन्टमा पनि स्वर्ण पदक जित्यो । एपीएफलाई स्वर्ण दिलाउनेमा तुलसा बुढाथोकी, माया चौधरी, अनिता कार्की र जानुका स्याङतान थिए । त्रिभुवन आर्मी क्लब दोस्रो तथा सुदूरपश्चिम र गण्डकी प्रदेश संयुक्त तेस्रो स्थान रहे ।

APF and Army win in the 7th National Fencing

सिनियर पुरुष इपी टिम इभेन्टमा आर्मी च्याम्पियन बन्यो । पूर्णराज गिरी, मीन कार्की, हर्क खड्का र सुरज सिंहले आर्मीलाई विजेता बनाए । सो स्पर्धामा कोशी प्रदेश उपविजेता बन्यो । एपीएफ र सुदूरपश्चिमले तेस्रो स्थान हासिल गरे ।

सिनियर पुरुष इपीमा बागमतीका सोयब श्रेष्ठ र महिला इपीमा एपीएफकी जानुका स्याङतान तथा फोयलमा एपीएफका ज्ञानेन्द्र तिमल्सिना र महिलामा एपीएफकी अनिता अधिकारीले स्वर्ण पदक जितेका थिए । नेपाल फेन्सिङ संघको आयोजनामा भएको प्रतियोगितामा शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार, कामनपा वडा २२ का अध्यक्ष चिनिकाजी महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव सुजनलाल श्रेष्ठलगायतले विजेतालाई पुरस्कार प्रदान गरे ।

कान्तिपुर

Link copied successfully