काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियागिता २५ जेठसम्म तल्लो मूलपानी, माथिल्लो मूलपानी तथा कीर्तिपुर त्रिवि मैदानमा चल्नेछ ।
What you should know
काठमाडौँ — तेस्रो संस्करणको एसियन ई–लर्निङ जयकुमारनाथ शाह मेमोरियल यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता १९ जेठदेखि हुने भएको छ ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियागिता २५ जेठसम्म तल्लो मूलपानी, माथिल्लो मूलपानी तथा कीर्तिपुर त्रिवि मैदानमा चल्नेछ । प्रतियोगितामा सहभागी २४ विद्यालयलाई ८ समूहमा विभाजन गरिएको काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी गराए ।
समूह ‘ए’ मा डीएभी, नेक्सस एकेडेमी, रेडियन्ट रिडर्स, समूह ‘बी’ मा सैनिक आवासीय, त्रियोग र क्रिएटिभ एकेडेमी, समूह ‘सी’ मा ग्यालेक्सी पब्लिक, हिमालयन ह्वाइट हाउस र केएमसी तथा समूह ‘डी’ मा एन्जल्स हार्ट, ज्ञान मन्दिर र अपी स्कुल छन् ।
समूह ‘ई’ मा मोक्षदा, विस्डम र क्लिन्टन स्कूल, समूह ‘एफ’ मा रत्नराज्य मावि, अक्षरा र संस्कृति, समूह ‘जी’ मा जेम्स, अक्षरिका र लिभरपुल तथा समूह ‘एच’ मा पुलिस स्कुल, द सेलिब्रेसन र पिक प्वाइन्ट छन् ।
सबै समूहको शीर्ष टोली क्वाटरफाइनल पुग्नेछन् । विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउने काठमाडौं जिल्ला क्रिकेट संघका सचिव किरण राणाले जानकारी गराए । खेल टी–२० फर्म्याटमा हुने टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई पिक प्वाइन्टबाट नगद तथा विधागत उत्कृष्ट खेलाडीलाई लकर रुमको तर्फबाट आकर्षक उपहार प्रदान गरिनेछ ।
सोही अवसरमा प्रायोजक एसियन ई–लर्निङ सेन्टरका तर्फबाट निर्देशक मीना त्रिपाठी लिम्बू र जिल्ला क्रिकेट संघका अध्यक्ष घलेबीच तथा ई–सेवाकी ब्रान्ड तथा बजार व्यवस्थापन प्रमुख हाना गुरुङ र घलेबीच प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही अवसरमा ट्रफी अनावरण गरिएको थियो ।
