यस हारले सर्बियाली खेलाडीको कीर्तिमान २५ औं ग्रान्ड स्लाम जित्ने सपना फेरि टुहिएको छ ।
काठमाडौँ — ब्राजिली किशोर खेलाडी जाओ फोनसेकाले फ्रेन्च ओपनको तेस्रो चरणमा शनिबार नोभाक जाकोभिचलाई पराजित गरेका छन् । यस हारले सर्बियाली खेलाडीको कीर्तिमान २५ औं ग्रान्ड स्लाम जित्ने सपना फेरि टुहिएको छ ।
भर्खर १९ वर्ष पुगेका फोनसेकाले दुई सेटले पछाडि परेको स्थितिबाट ३९ वर्षीय जोकोभिचलाई ४–६, ४–६, ६–३, ७–५ र ७–५ ले पराजित गरे । खेल चार घण्टा ५३ मिनेट चलेको थियो । यस जितसँगै फोनसेका पहिलो पटक ग्रान्ड स्लामको अन्तिम १६ पुगेका छन् ।
महिलातर्फ इगा स्वाटिक पनि प्रतियोगिताको अन्तिम १६ पुगेकी छिन् । उनले यसका लागि मागडा लिनेटलाई ६–४ र ६–४ ले हराइन् ।
