राजस्थानलाई पन्छाएर गुजरात फाइनलमा

गुजरात टाइटन्सले चन्डिगढमा भएको क्वालिफायर–२मा राजस्थान रोयल्सलाई सजिलै ७ विकेटले हरायो ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Gujarat advances to final after beating Rajasthan

काठमाडौँ — गुजरात टाइटन्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल यात्रा तय गरेको छ । उसले चन्डिगढमा भएको क्वालिफायर–२मा राजस्थान रोयल्सलाई सजिलै ७ विकेटले हरायो ।

अब आइतबार हुने फाइनलमा गुजरातले डिफेन्डिङ च्याम्पियन रोयल च्यालेर्न्ज बेंगलुरुको सामना गर्नेछ । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेट गुमाएर १८.४ ओभरमा २ सय १९ रन बनाउन सफल रह्यो ।

ओपनर तथा कप्तान शुभमन गिलले १ सय ४ रनको शतकीय इनिङ्स खेले । उनले ५३ बलको मात्र सामना गरे र त्यसमा १५ चौका र तीन छक्का प्रहार गरे । अर्का ओपरन साई सुदर्शनले ३२ बलमा ५८ रन बनाए ।

उनीहरूले पहिलो विकेटका लागि १ सय ६७ रनको साझेदारी गरे र यो नै जितको आधार भयो । त्यस अगाडि पहिले ब्याटिङ गरेको राजस्थानले छ विकेटमा २ सय १४ रन बनाएको थियो ।

ओपनर वैभव सूर्यवंशी लगातार दोस्रो खेलमा शतक बनाउन चुके । उनी ९६ रन बनाएर आउट भए । यस्तै रविन्द्र जडेजाले ४५ रनको योगदान गरे ।

कान्तिपुर

Link copied successfully