मकवानपुरको खुला दौड प्रतियोगितामा रूपन्देहीका यादव प्रथम

जिल्ला खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा बिहीबार भएको पाँच किलोमिटर दौड प्रतियोगितामा रूपन्देहीका दिनेशकुमार यादव प्रथम भएका हुन् । उनले १४ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जिते ।

जेष्ठ १४, २०८३

प्रताप विष्ट

Yadav of Rupandehi wins first in Makawanpur open running competition

हेटौंडा — गणतन्त्र दिवसको अवसरमा आयोजित खुला दौड प्रतियोगितामा दिनेशकुमार यादव प्रथम भएका छन् ।  जिल्ला खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा बिहीबार भएको पाँच किलोमिटर दौड प्रतियोगितामा रूपन्देहीका यादव प्रथम भएका हुन् । 

यादवले १४ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । यसैगरी १४ मिनेट ५६ सेकेन्डमा दौड पूरा गरेका कपिलवस्तुका अजय पाण्डे क्षेत्री द्वितीय र १५ मिनेट ३४ सेकेन्डमा दौड पूरा गरेका नुवाकोटका आनन्द योगी तृतीय भए ।

प्रतियोगितामा प्रथम भएका यादवले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसै गरी

द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र पाए । प्रतियोगितामा ६८ जना खेलाडीले भाग लिएका थिए । बाग्मती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयकी सचिव गीताकुमारी हुमागाईंले विजेता खेलाडीलाई पुरस्कृत गरेकी थिइन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully