बास्केटबलमा तेजस्वी र ह्वाइट हेभेन विजयी

तार्केश्वर नगरपालिकाको थापागाउँस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ तेजस्वीले ल्यान्डमार्क एकेडेमीलाई ३२–२७ स्कोरले हरायो ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Tejashwi and White Haven win in basketball

काठमाडौँ — आयोजक तेजस्वी एकेडेमी र ह्वाइट हेभन एकेडेमीले दोस्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् ।

तार्केश्वर नगरपालिकाको थापागाउँस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ तेजस्वीले ल्यान्डमार्क एकेडेमीलाई ३२–२७ स्कोरले हरायो । तेजस्वीको जितमा आयुश छन्त्यालले १७ स्कोर गरे । नीरज थापाको १३ स्कोरमा सहयोगमा ह्वाइट हेभनले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २८–२० ले हरायो ।

ब्वाइजमै केभीसीले संस्कृति शिक्षा सदनलाई ३४–२६, क्यानभास वसन्तऋतुले ज्ञानोदयलाई २१–१९, जेबी स्कुलले जीवन ज्योतिलाई २३–१३, संस्कृतिले किन्डर गार्डेनलाई २३–१३, लालीगुराँस नेसनल एकेडेमीले स्कोलर्स होमलाई १६–१५ र डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टले बेलमोन्टलाई ३१–१८ ले हराए ।

गर्ल्समा ल्यान्डमार्कले तेजस्वी ‘ए’ लाई २०–१८, ईबीएले केजीएसलाई २३–१८, हिमशीलाले ज्ञानोदयलाई १३–१०, विजेश्वरीले पद्यचक्रलाई १८–१४ र बेलमान्टले तेजस्वी ‘बी’ लाई २०–४ स्कोरले हराए ।

प्रतियोगिताको तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत, प्रबन्ध निर्देशक राजकुमार केसी र भाइस प्रिन्सिपल विश्व पाण्डेले संयुक्त रूपमा उद्घाटन गरे । प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिम सहभागी छन् । ब्वाइजमा ३१ तथा गर्ल्समा १७ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

कान्तिपुर

Link copied successfully