एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, पुगे रोड टु यूएफसीको सेमिफाइनल

जितपछि उनी अब यूएफसीसँग अनुबन्ध प्राप्त गर्ने सम्झौतानजिक पुगेका छन् । अब उनलाई त्यस बहुप्रतिक्षित सम्झौताका लागि दुई जित आवश्यकता पर्नेछ ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Ravindra's historic victory in MMA, reaches the semifinals of Road to UFC

काठमाडौँ — नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले बिहीबार ऐतिहासिक जित निकालेका छन् । उनले मकाओमा आयोजित रोड टु यूएफसी सिजन फाइभको ब्यान्टमवेट समूहको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका हुन् ।

अब उनले सेमिफाइनलमा न्युजिल्यान्डका खेलाडी कासिब मुर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मुर्डोक जापानका योनुसुके मिनामीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।  

रवीन्द्र दोस्रो चरणमा टेक्निकल नकआउटको आधारमा विजयी रहे । खेल मकाओस्थित ग्यालेक्सी एरिनामा भएको थियो र त्यसमा सुरुआती केही संघर्षपछि रवीन्द्र आफ्नो प्रतिद्वन्द्वीमाथि हाबी रहे ।

यो जितपछि उनी अब यूएफसीसँग अनुबन्ध प्राप्त गर्ने सम्झौतानजिक पुगेका छन् । अब उनलाई त्यस बहुप्रतिक्षित सम्झौताका लागि दुई जित आवश्यकता पर्नेछ । 

कान्तिपुर

Link copied successfully