फिदिमलाई हराउँदै मेरिङ्देनले जित्यो बुद्धरानी कपको उपाधि

सुर्मा खेल मैदानमा बुधबार भएको फाइनलमा फिदिम नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेरिङ्देनले उपाधि जितेको हो ।

जेष्ठ १४, २०८३

आनन्द गौतम

Meringden defeats Phidim to win Buddharani Cup title

ताप्लेजुङ — बुद्धरानी अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधि मेरिङ्देन गाउँपालिकाले जितेको छ । सुर्मा खेल मैदानमा बुधबार भएको फाइनलमा फिदिम नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै मेरिङ्देनले उपाधि जितेको हो ।

मेरिङ्देनले प्रथम पुरष्कारस्वरूप नगद ६१ हजार रुपियाँ प्राप्त गर्‍यो भने फिदिमले ४१ हजारमै चित्त बुझायो ।

पूर्वराष्ट्रिय भलिबल खेलाडी कृष्ण चोङबाङकी आमा स्वर्गीय बुद्धरानी चोङबाङको स्मृतिमा जेठ ११ देखि खेल सुरु भएको थियो । प्रतियोगितामा पाँचथरका तीन र ताप्लेजुङका तीन गरी ६ पालिका सहभागी थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully