प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टिमको सहभागिता रहने महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले बिहीबार पत्रकार सम्मेलनमा बताए ।
काठमाडौँ — महामञ्जुश्री माविको आयोजनामा दोस्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टिमको सहभागिता रहने महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले बिहीबार पत्रकार सम्मेलनमा बताए । सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइज र सिनियर गर्ल्समा २०–२० टिमको सहभागिता निश्चित भएको महामञ्जुश्रीका बास्केटबल प्रशिक्षक शैलेश श्रेष्ठले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख खर्च हुने महामञ्जुश्रीकी प्रिन्सिपल एवं प्रतियोगिता संयोजक हेमलता चाम्लिङले बताइन् । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा ग्रिनफिल्ड र सिनियर गर्ल्समा चाँदबाग साविक विजेता हुन् ।
प्रिन्सिपल मरासिनीले विद्यालयबीचको आन्तरिक सम्बन्ध अझ प्रगाढ बनाएर प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए । तीनदिने प्रतियोगिताका खेल आयोजक स्कुलकै कोर्टमा खेलाइने छ ।
