काभा च्याम्पियनसिप : भारतलाई हराएर कजाकस्तान फाइनलमा

कजाकस्तानले फाइनलमा इरान र नेपालबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Kava Championship: Kazakhstan defeats India to reach final

काठमाडौँ — कजाकस्तानले काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भर्खर सम्पन्न पहिलो सेमिफाइनलमा कजाकस्तानले भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

पूर्व च्याम्पियन भारतले पहिलो सेटमा मात्र विपक्षीलाई टक्कर दिएको थियो । तर नताल्या खाजोभाको कप्तानीमा रहेको कजाकस्तानको पछिल्लो दुई सेटमा भारतीय खेलाडीलाई कुनै मौका दिएन । २५–२१, २५–२१, २५–१४ ले सेट जितेर कजाकस्तान फाइनल पुगेको हो ।

कजाकस्तानले फाइनलमा इरान र नेपालबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

अब भारतले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । 

कान्तिपुर

Link copied successfully