जितले किर्गिस्तान पाँचौं र माल्दिभ्स सातौंमा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै पाँचौं स्थान ओगटेको हो ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

The win moves Kyrgyzstan into fifth place and Maldives into seventh.

काठमाडौँ — किर्गिस्तानले काभा महिला भलिबल च्याम्पियनसिपमा पाँचौं स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै पाँचौं स्थान ओगटेको हो ।

पहिलो सेट १५–२५ ले गुमाएको किर्गिस्तानले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको हो । किर्गिस्तानले २५–२३, २५–२३, २५–१५ ले सेट आफ्नो पक्षमा पारेको थियो । श्रीलंका भने छैटौं स्थानमा रह्यो ।

दिनको अर्को खेलमा माल्दिभ्सले सान्त्वना जित निकालेको छ । सातौं स्थानका लागि भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको माल्दिभ्सले त्यसपछि लय समातेको हो । माल्दिभ्सले २५–११, २५–१७, २५–१२ ले सेट जितेको थियो । आठ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स सातौं स्थान र सबै खेल हारेको बंगलादेश पुछारमा रह्यो ।

अब सेमिफाइनल खेल बिहीबार हुनेछ । सेमिफाइनलमा भारत र काजकिस्तान तथा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

The win moves Kyrgyzstan into fifth place and Maldives into seventh.

कान्तिपुर

Link copied successfully