त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा ललितपुर अजय वाइबा दोस्रो र भक्तपुरका रिसन तिमिला तेस्रो भए ।
काठमाडौँ — काठमाडौंका एनेक्स महर्जन र विपना तामाङले १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगिताको उसु खेलमा स्वर्ण जितेका छन् । थाइची छ्वानको पुरुषमा एनेक्स र महिलामा विपना विजेता भएका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा ललितपुर अजय वाइबा दोस्रो र भक्तपुरका रिसन तिमिला तेस्रो भए । महिलामा ललितपुरकी रुविना गुरुङ दोस्रो तथा नुवाकोटकी रितिका तामाङ तेस्रो बने । पुरुष/महिलामा ६–६ स्पर्धामा समावेश छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेको प्रतियोगितामा उसुसहित एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र कबड्डी गरी ६ खेल समावेश छ । यसै प्रतियोगिताबाट २०–२२ जेठमा काठमाडौंमै हुने १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डका लागि बागमतीबाट खेलाडी छनोट गरिने जनाइएको छ ।
