काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलको उपस्थितिमासंघका अध्यक्ष जगतमान श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी सामाजिक विकास विभागकी विभायीय प्रमुख समीक्षा निरौलाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
काठमाडौँ — नेपाल पौडी संघले आयोजनामा गर्ने नेपाल एक्वाटिक पौडी प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलको उपस्थितिमासंघका अध्यक्ष जगतमान श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी सामाजिक विकास विभागकी विभायीय प्रमुख समीक्षा निरौलाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मुख्य प्रायोजनसँगै प्रतियोगिताको नाम नेपाल एक्वाटिक काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगिता हुनेछ । तेस्रो संस्कणको प्रतियोगिता सातदोबाटो पौडी पोखरीमा २३–२४ जेठमा हुनेछ ।
विभिन्न ३७ स्पर्धा समावेश प्रतियोगितामा ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव गंगालाल गोलेले जनाए । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५ हजार पाउनेछन् ।