४२ औं राष्ट्रिय टेबलटेनिसको ट्रफी सार्वजनिक

आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायत पदाधिकारीको उपस्थितिमा मुख्य विधा पुरुष/महिला सिंगल्स विजेतालाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

42nd National Table Tennis Trophy unveiled

काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ ।

आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायत पदाधिकारीको उपस्थितिमा मुख्य विधा पुरुष/महिला सिंगल्स  विजेतालाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो ।

संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार उक्त ट्रफी प्रसिद्ध मूर्तिकार सुरेन्द्र शाक्यले तयार गरेका हुन् । नेपाली कला र संस्कृतिको पहिचान झल्किने गरी ट्रफी तयार गरिएको उनले बताए ।

राष्ट्रिय टेबलटेनिस प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार सुरु हुँदै छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुनेछ । सिनियरमा पुरुष/महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ । जुनियर यू–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज/गर्ल्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल पुलिस, आर्मी र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । १ सय १६ खेलाडीले भाग लिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully