हङकङमा २८ देखि ३१ मेसम्म हुने यू–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपको २२ औं संस्करणको प्रतियोगितामा नेपालका ५ खेलाडीले खेलाडीले भाग लिने छन् ।
काठमाडौँ — यू–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपको २२ औं संस्करणमा नेपालका ५ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
हङकङमा २८–३१ मेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले भाग लिने छन् । पुरुषमा बादल कार्कीले १५ सय, ३ हजार मिटर दौड तथा प्रवीण रानाले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा अनुष्का अधिकारीले १०० र २०० सय मिटर दौड, नारायणी भण्डारीले ८००, १५ सय मिटर दौड र संगीता बिकले ४०० र ८०० मिटर दौडमा भाग लिनेछन् । ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जानेछ ।
प्रशिक्षकमा रामबहादुर ओली र व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार बिदाइ गरे ।
