भुटानमाथि नेपालको साँघुरो जित

नेपालले भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको समूह ‘ए’ को खेलमा भुटानमाथि १–० को साँघुरो जित हात पारेको हो ।

जेष्ठ ११, २०८३

हिमेश

Nepal's narrow victory over Bhutan

काठमाडौँ — नेपालले वुमेन्स साफ च्याम्पियन्स २०२६ मा सोमबार विजयी सुरुआत गरेको छ ।

नेपालले भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा भएको समूह ‘ए’ को खेलमा भुटानमाथि १–० को साँघुरो जित हात पारेको हो ।

खेलको एक मात्र गोल पहिलो हाफमा गीता रानाले गरिन् । उनले २४ मिनेटमा गरेको प्रहार भुटानी खेलाडीबाट डिफेक्ट हुँदै गोलमा परिणत भएको हो । यो जितपछि नेपाल तीन अंक बटुल्न सफल रह्यो र सेमिफाइनलमा एक पाइला राख्न सफल रह्यो ।

नेपाल र भुटानबीच भएको यो छैटौं अन्तर्राष्ट्रिय खेल हो । यसमा नेपाल पाँचौं जित निकाल्न सफल रहेको हो । भुटानले अहिलेसम्म नेपालविरुद्ध गोल गर्न सकेको छैन । पछिल्लो संस्करणको प्रतियोगितामा भुटानले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो । अब नेपालले आइतबार हुने खेलमा श्रीलंकाको सामना गर्नेछ ।

हिमेश

Link copied successfully