शारदालाई उपाधि

आइतबार आयोजित फाइनलमा बाग्चौर नगरपालिकालाई पराजित गर्दै शारदा नगरपालिकाले उपाधि हात पारेको हो ।

जेष्ठ १०, २०८३

विप्लव महर्जन

Title for Sharda

सल्यान — तेस्रो पालिकास्तरीय तथा शारदा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ । 

शारदा–२ लुहापिङस्थित त्रिजमाविको खेल मैदानमा आइतबार आयोजित फाइनलमा बाग्चौर नगरपालिकालाई पराजित गर्दै शारदाले उपाधि हात पारेको हो । 

टस जितेर ब्याटिङ गरेको बाग्चौरले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । १ सय १० रनको विजयी लक्ष्य शारदाले १४.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । 

उपाधिसँगै शारदाले १ लाख र उपविजेता बाग्चौरले ५० हजार नगद पुरस्कार जितेको जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully