सल्यामलाई तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगिताको उपाधि

१ सय ४२ खेलाडीलाई पछि पार्दै विजेता बनेका सल्याम शर्माले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Salyam wins the third Mayor's Cup Open Blitz Rating Chess Tournament title

What you should know

काठमाडौँ — सल्याम शर्माले जेसीआई पाटनको आयोजनामा तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता जितेका छन् । कुल १ सय ४२ सहभागी खेलाडीहरूलाई पछि पार्दै विजेता बनेका सल्यामले रु. १० हजार नगद पुरस्कार पाए । 

एफएम क्षितिज भण्डारी दोस्रो, सुमन लामा तेस्रो, राजेन्द्र प्रसाद श्रेष्ठ चौथो तथा सीएम नबिन तन्डुकार पाँचौं भए । त्यसैगरी फुर्बा लामा, बद्रिलाल नेपाली, मिसन दाहाल, एआईएम अभिक शाह तथा सन्देश श्रेष्ठ क्रमशः छैटौंदेखि दसौं स्थानसम्म रहे ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट अनरेटेडतर्फ प्रशान्त गुरुङ प्रथम तथा सन्देश लिम्बू द्वितीय भए । महिलातर्फ ग्लोसी श्रेष्ठ प्रथम र सनम श्रेष्ठ द्वितीय भए भने उत्कृष्ट पाभिलियन्सतर्फ सुलभ पन्थी प्रथम तथा श्यामबाबु शाह द्वितीय भए ।

यू–१६ समूहमा हर्षवर्धन राठी प्रथम तथा शुभम जोशी द्वितीय भए । यू–१४ समूहमा सात्विकमान तुलाधर प्रथम तथा ओस्कार पन्थी द्वितीय, यू–१२ समूहमा श्रेष्ठ साहस प्रथम तथा मैनाली दिपन द्वितीय भए भने यू–१० समूहमा रियान्शु पौडेल प्रथम तथा आयम सुवेदी द्वितीय भए ।

एलो १७०० मुनि समूहमा कबिन्द्र सिवाकोटी प्रथम तथा लेखराज भट्टराई द्वितीय भए । भेट्रान समूहमा पूर्णराज खड्का प्रथम तथा पुण्यमान कर्माचार्य द्वितीय भए । कुल ५६ हजार बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । जेसिआई पाटनले चेस खेलको विकास, युवा प्रतिभा प्रोत्साहन तथा बौद्धिक खेल संस्कृतिको विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ । 

पाटन हाई स्कुल परिसरमा प्रतियोगिता आयोजना भएको थियो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले विजयी खेलाडीलाई नगद पुरस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कान्तिपुर

Link copied successfully