श्रेयसको शतकमा पंजावको जित

लगातार छ हारपछि पंजावको यो पहिले जित हो र यससँगै उसको प्ले अफ सम्भावना कायम रह्यो ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Punjab win on Shreyas' century

काठमाडौँ — कप्तान श्रेयस अय्यरले इन्डियन प्रिमियर लिगमा बनाएको पहिलो शतकको मदतले पंजाव किंग्सले शनिबार लखनउ सुपर जायन्ट्सलाई सात विकेटले हराएको छ । लगातार छ हारपछि पंजावको यो पहिले जित हो र यससँगै उसको प्ले अफ सम्भावना कायम रह्यो ।

यो जितपछि पंजावको १५ अंक भएको छ र चोथो स्थानमा छ । प्ले अफका लागि एकै स्थान मात्र बाँकी रहेको छ । अब त्यसका लागि पंजाव, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र सनराइज हैदरावाद यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

लखनउमा पहिले ब्याटिङ गर्दै घरेलु टिमले छ विकेटमा १ सय ९६ रन बनाएको थियो । यसमा जस इंग्लिसको ७२ रनको योगदान रह्यो । जवाफमा पंजावले १८ ओभरमा तीन विकेट गुमाएर २ सय रन बनायो । श्रेयसले ५१ बलको मात्र सामना गरेर १ सय १ रन बनाए र नटआउट रहे ।

कान्तिपुर

Link copied successfully