काभ्यालाई जुनियर यू–१६ फुटसल उपाधि

एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २–० गोलले पराजित गर्‍यो ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Kavya wins Junior U-16 Futsal title

काठमाडौँ — काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यू–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २–० गोलले पराजित गर्‍यो ।

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भएको प्रतियोगितामा एन्जल्स हार्ट मावि तेस्रो भयो । एन्जल्स हार्ट माविले समृद्धिलाई ४–२ गोलले हरायो ।

लोक शिक्षणका विजेश वाइबा उत्कृष्ट खेलाडी, काभ्याका आराध्य रेग्मी उत्कृष्ट गोलरक्षक, समृद्धिका समन महर्जन उदीयमान खेलाडी र काभ्याका विप्लोप दर्लामी सर्वाधिक गोलकर्ता बनेका छन् । स्मृद्धि उदीयमान टिम घोषित भयो ।

विजेतालाई जुनियर फुटबल एकेडेमीका संस्थापक र हेड कोच प्रज्ज्वलप्रताप क्षेत्री, आयोजक एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, आयोजक एन्जल्स हार्टका प्रिन्सिपल टकबहादुर थापालगायतले पुरस्कृत गरे । फाइभ ए साइड एकदिने प्रतियोगितामा ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully