काभा भलिबल : पहिलो खेलमै भारतलाई हराउने दाउमा नेपाल

कप्तान निरुता ठगुन्नाको नेतृत्वमा नेपाली टोलीले घरेलु दर्शकको समर्थनमा उपाधि जित्ने लक्ष्यसहित भारतजस्तो बलियो टिमसँग पहिलो खेल खेल्दैछ।

जेष्ठ ७, २०८३

ध्रुव तुलाधर

Kava Volleyball: Nepal in the hunt to defeat India in the first game

What you should know

काठमाडौँ — काभा महिला भलिबल च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार सुरू हुनेछ । च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल भलिबल संघले जनाएको छ

च्याम्पियनसिपमा एफआईभीबीको सेन्ट्रल एसियाभित्र रहेका ८ राष्ट्र नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र काजकिस्तानको सहभागिता रहनेछ । च्याम्पियनसिप १५ जेठसम्म चल्ने प्रतियोगिता एफआईभीबी वरीयताको भएकाले सहभागी सबै राष्ट्रका महत्त्वपूर्ण बन्नेछ ।

बिहीबार खेलस्थलमा आयोजित प्रिम्याच कन्फ्रेन्समा आठै राष्ट्रका कप्तानले च्याम्पियनसिपका लागि आफ्नो तयारीबारे जानकारी दिँदै उत्कृष्ट प्रदर्शन गर्नका लागि उत्साही रहेको बताएका थिए ।

दुई पटकको च्याम्पियन नेपाललाई यसपालि घरेलु भूमिमा पनि उपाधि जित्ने रहनेछ । नेपालले शुक्रबार उद्घाटन दिन निकट प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ । नेपालको ‘ए’ समूहमा भारतसहित किर्गिस्तान र माल्दिभ्स छ । अर्को ‘बी’ समूहमा इरान, श्रीलंका, बंगलादेश र काजकिस्तान रहेको छ । 

Kava Volleyball: Nepal in the hunt to defeat India in the first game

नेपालको कप्तानमा निरुता ठगुन्ना छिन् । उनको कप्तानीमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । उनले तयारी छोटो रहे पनि राम्रो भएको बताउँदै घरेलु दर्शकको समर्थनका कारण थप उत्साही भएको बताइन् । राष्ट्रिय टोलीमा धेरै नयाँ भए पनि सधैं सँगै खेलिरहेकाहरू नै भएकाले टिम समन्वय राम्रो भएको उनको भनाइ थियो । उनले भनिन्, ‘हाम्रो टिम तयारी राम्रो छ, प्रदर्शनको पक्ष कोर्टमा देखिने छ ।’

साबिक विजेतासमेत रहेको भारतीय टोलीकी कप्तान नन्दना कालाप्पीले नयाँ प्रशिक्षकका साथ छोटो तयारीका बावजुद आए पनि उपाधि रक्षा गर्नेमा आफ्नो टोली विश्वस्त रहेको बताइन् ।

नेपाली टोलीमा कप्तान निरुतासहित स्पाइकरमा उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मीना सुना, सेटरमा प्रगति नाथ र जसना महतो, लिबेरोमा सलिना श्रेष्ठ, शान्ति तामाङ, ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद र अलिशा मानन्धर छन् । टोलीका मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन् ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully