मंगोलियाको उलानबतारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।
काठमाडौँ — तेक्वान्दो खेलाडीद्वय प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
मंगोलियाको उलानबतारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् । अघिल्लो दिन सोही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए । प्रेमले क्वाटरफाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए । त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग ८.९–८.६ अंकले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।
