प्रकाशचन्द्र नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि 

तेश्रो वृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार सम्पन्न प्रतियोगितामा नेपालले उपाधि चुमेका हुन् ।

जेष्ठ ६, २०८३

डम्बरसिं राई

Prakash Chandra Nepal wins title of Open National Brain Teaser Competition

What you should know

खोटाङ — खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि दमकका प्रकाशचन्द्र नेपालले चुमेका छन् । तेश्रो वृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार सम्पन्न प्रतियोगितामा नेपालले उपाधि चुमेका हुन् ।

यस्तै, भारत सिक्किमका राहुल गुरुङ दोस्रो र सिक्किमकै थेण्डुप तामाङ तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

ताप्लेजुङका ङिमा शेर्पा चौथो र झापाका सुशान्त दाहाल पाँचौं भएका छन् । उनीहरूले क्रमशः ८ हजार र ७ हजार नगद, मेडल र प्रमाणपत्र पाएका छन् । दोलखाका कविन्द्र सिवाकोटी छैटौँ, दिक्तेलका रिदिप केसी सातौँ, विराटनगरका उमेश राई आठौँ, हलेसीका मेजर राई ९औं र बुइपाका धिरेन राई १०औं भएका छन् । उनीहरूले जनही पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र पाएका छन् । 

खोटाङका खिलराज राई कोशी प्रदेश प्रथम, दोश्रोमा नेर्पाका हरिभक्त राई घोषित भएका छन् । उनीहरूले क्रमशः ५ हजार र ४ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । जालपाका बमबहादुर राई खोटाङ प्रथम, जालपाकै ज्ञानबहादुर श्रेष्ठ खोटाङ दोस्रो र नेर्पाका प्रभुराम राई खोटाङ तेस्रो भए । उनीहरूले जनही क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । खेलको आयोजना नेपाल खेलकुद प्रतिष्ठान र बुद्धिचाल संघ खोटाङको संयोजनमा भएको हो । प्रतियोगितामा ५१ खेलाडी सहभागी थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully