रूपन्देही सुपरलिगः वेष्टर्न सेमिफाइनलमा

नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै वेष्टर्न सेमिफाइनल पुगेको हो ।

जेष्ठ ४, २०८३

माधव ढुंगाना

Rupandehi Super League: Western advances to semi-finals

भैरहवा — वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’को सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै वेष्टर्न सेमिफाइनल पुगेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर २ सय १५ रन बनायो । उसका लागि प्रज्जवल थापाले ४६, रन्जित खत्रीले ४१, दीपेश रोक्काले ४०, सुमित नेवारले ३५, मिर्नाल गुरुङले १५ र कलम अली मुसलमानले ११ रन बनाए । बलिङमा नेपथ्य तिलोत्तमाका सागर भण्डारी, मौसम ढकाल र आशुतोष पाण्डेले ३–३ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले २५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सुझाव थापाले ४, कलम अली मुसलमानले ३, अभिषेश गौतमले २ तथा देव खनालले १ विकेट लिए । नेपथ्यका अमन बोहराले २३, सन्दीप यादवले २२, विकल क्षेत्रीले १३, कुशल ढकालले ११ र लक्ष्मण कुमालले १० रन बनाए । वेष्टर्नका सुझाव थापा प्लेयर अफ द म्याच भई पुरस्कृत भए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully