प्रतियोगितामा बाँके १० स्वर्ण, १२ रजत र १३ कांस्यसहित ३५ पदक प्राप्त गरी दोस्रो र रुपन्देही १० स्वर्ण ६ रजत र ११ कांस्यसहित २७ पदक प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
दाङ — लुम्बिनी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २७ स्वर्ण, १६ रजत र १२ कांस्यसहित ५६ पदक जित्दै दाङले उपाधि हात पारेको छ । प्रतियोगितामा बाँके १० स्वर्ण, १२ रजत र १३ कांस्यसहित ३५ पदक प्राप्त गरी दोस्रो र रुपन्देही १० स्वर्ण ६ रजत र ११ कांस्यसहित २७ पदक प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
विजेतालाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डे र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरणदाज गौतमले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरका थिए ।
जेठ १ गतेदेखि भएको प्रतियोगितामा लुम्बिनीका १२ जिल्लाका खेलाडी सहभागी थिए । प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्दोका साथै एथ्लेटिक्स खेलहरु सञ्चालन गरिएको थियो । खेलहरु घोराही र बेलझुण्डी रंगशालामा भएका थिए ।
