नेपालविरुद्ध अमेरिका ब्याटिङमा, कुशलको पुनरागमन, इशान ‘डेब्यु’ गर्दै

नेपालले देव्रेहाते ब्याटर इशान पाण्डेलाई ‘डेब्यु’ गराएको छ । इशानले २०१९ मै ट्वान्टी २० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।

जेष्ठ २, २०८३

विनोद पाण्डे

USA bats against Nepal, Kushal returns, Ishan makes 'debut'

काठमाडौँ — अमेरिकाले क्रिकेट विश्वकप लिग–२ मा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर आफैं पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपालले देव्रेहाते ब्याटर इशान पाण्डेलाई ‘डेब्यु’ गराएको छ । इशानले २०१९ मै ट्वान्टी २० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय भने उनले पहिलो पटक खेल्न लागेका हुन् । नेपालबाट ४ ट्वान्टी २० अन्तर्राष्ट्रियमा उनले ३३ रन बनाएका छन् ।

नेपाल ‘ए’ बाट खेल्दै इशानले हालै स्कटल्यान्डसँग एक तथा ओमानविरुद्ध दुई खेलमा अर्धशतक बनाएका थिए । घरेलु क्रिकेटमा इशानले उच्च प्रदर्शन दिँदै आएका थिए । नेपाली टोलीमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसीलाई परिवर्तन गर्दै कुशल भुर्तेल, इशान र सोमपाल कामीलाई ल्याइएको छ ।

अमेरिका आफ्ना कप्तान मोनान्क पटेल बिनै खेलिरहेको छ । स्कटल्यान्डस“ग बिहीबार भएको खेलमा उनलाई औंलामा चोट लागेको थियो । उनको स्थानमा साइतेजा मुकामल्लाले अमेरिकाको कप्तान गरिरहेका छन् । मोनान्कको स्थानमा सञ्जय कृष्णमुर्थीलाई जसदिप सिंहको स्थानमा नोसथस केन्जिगेलाई खेलाएको छ । 

अमेरिकाले नेपालमाथि पछिल्लो ५ मध्येको ४ खेल जित्दै आएको छ । जिम्बावेमा २०२३ मा विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेयता नेपालले अमेरिकामाथि विजय हात पार्न सकेको छैन ।

लिग २ मा अमेरिका २५ खेलमा ३६ अंकसहित दोस्रो र नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । नेपाललाई पराजित गरेमा अमेरिका शीर्ष स्थानमा पुग्ने छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully