शुक्रबार फाइनलमा राइजिङ स्टार क्लबलाई २–० ले पराजित गर्दै टाँडी च्याम्पियन बनेको हो । टाँडीको जितमा पदम मगर र सुदीप खड्काले गोल गरे ।
पाँचथर — पाँचथरको मिक्लाजुङ–६ कन्याटारमा भएको प्रथम कन्याटार गोल्डकप फुटबलको उपाधि टाँडी स्पोर्टिङ क्लब मोरङले जितेको छ ।
शुक्रबार फाइनलमा राइजिङ स्टार क्लबलाई २–० ले पराजित गर्दै टाँडी च्याम्पियन बनेको हो । टाँडीको जितमा पदम मगर र सुदीप खड्काले गोल गरे । २६ वैशाखदेखि सुरु प्रतियोगितामा आठ टिम प्रतिस्पर्धी थिए ।
विजेता टाँडी स्पोर्टिङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्दा उपविजेता राइजिङ स्टार क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । म्यान अफ द म्याच टाँडीका अनिल राई घोषित हुँदै २ हजार रुपैयाँ प्राप्त गरे । व्यक्तिगततर्फ राइजिङ स्टारका ओसन राईले ५ गोलसहित उच्च गोलकर्ता बनेर ३ हजार ५ सय रुपैयाँ हात पारे । टाँडीका सन्दीप लिङ्देन उत्कृष्ट गोलरक्षक, सुदीप खड्का उत्कृष्ट मिडफिल्डर, पदम मगर उत्कृष्ट फरवार्ड तथा पारस मिवाक लिम्बू सर्वोत्कृष्ट खेलाडी चुनिए । राइजिङ स्टारका मनीष क्षेत्री उत्कृष्ट डिफेन्डर भए । विधागत विजेताले जनही ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे भने सर्वोत्कृष्टले ५ हजार ५ सय रुपैयाँ पाए ।
