मुम्बई यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ र उसको आठ अंक भएको छ । पंजाव भने १३ अंकमा चौथो स्थानमा छ ।
काठमाडौँ — पंजाव किग्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार पाँचौ हार बेहोरेको छ र यससँगै उसको प्ले अफ सम्भावना कमजोर बनेको छ । धर्मशालामा भएको खेलमा मुम्बई इन्डियन्सले उसलाई छ विकेटले हराएको हो ।
मुम्बई यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ र उसको आठ अंक भएको छ । पंजाव भने १३ अंकमा चौथो स्थानमा छ । आफ्ना सुरुआती सात खेलमा अपराजित पंजाव त्यसपछि लगातार पराजित रहेको हो ।
पहिले ब्याटिङ गरेको पंजावले आठ विकेटमा दुई सय रन बनाएको थियो र त्यसमा प्रभसिमरन सिंहले ५७ रन बनाए । मुम्बईका बलरमध्ये सार्दुल ठाकुरले ३९ रनमा चार विकेट लिए ।
जवाफमा मुम्बईले एक बलको खेल बाँकी छँदा चार विकेट गुमाएर २ सय ५ रन बनायो । तिलक वर्माले मुम्बईका लागि ७५ रन बनाएर नटआउट रहे । उनले ३३ बलमा छ चौका र छ छक्का प्रहार गरे । यस्तै ओपनर रायन रिकेल्टनले पनि २३ बलमा ४८ रन जोडे ।
