एन्फामाथि राखेपको निलम्बन फुकुवा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, परिषद्का सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाहबीच बसेको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।

जेष्ठ १, २०८३

हिमेश

NSC lifts suspension on ANFA

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । त्यसअगाडि परिषद्ले एन्फालाई चैत ११ मा तीन महिना निलम्बन गरेको थियो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, परिषद्का सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाहबीच बसेको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो ।

प्रवक्ता सुरेश शाहका अनुसार निलम्बनको निर्णय बिनासर्त फिर्ता लिएको हो । परिषद्ले एन्फाको चैत १३ को प्रस्तावित चुनावलाई लिएर निलम्बन गर्ने निर्णय गरेको हो ।

बैठकमा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार पनि उपस्थित थिए ।

हिमेश

Link copied successfully