ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिपमा बागलुङका शर्मालाई दुई पदक

शर्माले आफूलाई दोस्रो जीवन प्रदान गर्ने अंगदाताप्रति आभार व्यक्त गरेका छन् । साथै यस यात्रालाई सम्भव बनाउने सम्पूर्ण डाक्टर र स्वास्थ्यकर्मीप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन् ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

Baglung's Sharma wins two medals at Transplant Asian Open Championship

काठमाडौँ — बागलुङको जैमिनी नगरपालिका–१ का हरिनारायण शर्माले थाइल्यान्डको बैंककमा हालै आयोजित ‘दोस्रो पेटांक ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिप–२०२६’ मा एक स्वर्ण र रजत पदक जितेका छन् ।

थाइल्यान्डमा सम्पन्न प्रतियोगिताको नेसन्सन ग्रुपअन्तर्गत पुरुष सिंगलमा स्वर्ण र मिक्स डबल्समा रजत पदक हात पारेको जनाइएको छ ।  

प्रत्यारोण खेलकुद संघका महासचिव शर्मा वर्ल्ड ट्रान्सप्लान्ट गेम्स फेडेरेसनमा नेपालका टिम म्यानेजर हुन् । यो मिर्गौला प्रत्यारोपण गरेका खेलाडीले सहभागिता जनाउने प्रतियोगिता हो । प्रतियोगितामा ९ देशका ८५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, भुटान, चीन, हङकङ, हंगेरी, भारत, मलेसिया र थाइल्यान्डको सहभागिता थियो ।

यस अवसरमा शर्माले आफूलाई दोस्रो जीवन प्रदान गर्ने अंगदाताप्रति आभार व्यक्त गरेका छन् । साथै यस यात्रालाई सम्भव बनाउने सम्पूर्ण डाक्टर र स्वास्थ्यकर्मीप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन् ।

‘कसैले गरेको अंगदानका कारण आज म बाँच्न, सपना देख्न, समाजसेवा गर्न र ट्रान्सप्लान्टपछि पनि नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्न सक्षम भएको छ,’ उनले भनेका छन् । 
 

कान्तिपुर

Link copied successfully