खुला जुडो प्रतियोगिता जेठमा हुने

प्रतियोगितामा पुरुष/महिलामा २–२ विधामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन् ।

वैशाख २९, २०८३

कास

Open judo competition to be held in Jestha

काठमाडौँ — च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दोस्रो खुला जुडो प्रतियोगिता २३ जेठमा हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिलामा २–२ विधामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन् । पुरुषमा ७३ केजीमुनि र १०० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५७ केजीमुनि र ७८ केजीमुनि प्रतिस्पर्धार् हुनेछ ।

हरेक स्पर्धाका विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजारसहित गिफ्ट ह्याम्पर पाउनेछन् । प्रतियोगितामा विदेशी खेलाडी सहभागिताका लागि पनि पहल भइरहेको निर्देशक महर्जनले जनाए ।

एकदिने प्रतियोगिताका खेल खुशिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा हुनेछ ।

कास

Link copied successfully