पंजावलाई हराएपछि दिल्लीको सम्भावना कायम

यो जितले दिल्लीको १० अंक भएको छ र सातौं स्थानमा छ । पंजाव भने १३ अंकमा चौथो स्थानमा छ ।

वैशाख २९, २०८३

कान्तिपुर संवाददाता

Delhi's chances remain intact after defeating Punjab

काठमाडौँ — दिल्ली क्यापिटल्सले सोमबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पंजाव किंग्सलाई हराएर आफ्नो प्ले अफको सम्भावना कायम राखेको छ । यो जितले दिल्लीको १० अंक भएको छ र सातौं स्थानमा छ । पंजाव भने १३ अंकमा चौथो स्थानमा छ ।

धर्मशालामा भएको खेलमा पंजावले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय १० रन बनाएको थियो । त्यसमा ओपनर प्रियन्स आर्य र कप्तान श्रेयश अय्यरले ५९ रन बनाए । जवाफमा दिल्लीले १९ ओभरभित्र सात विकेटमा २ सय १६ रन बनायो ।

कमजोर सुरुआत गरेको दिल्लीका लागि कप्तान अक्षर पटेलले ५६ र डेविड मिलरले ५१ रन बनाए । दिल्ली एक समय ७४ रन बनाउँदा चार विकेट गुमाएको स्थितिबाट उनीहरूले स्थिति सम्हालेका थिए ।

कान्तिपुर

Link copied successfully