म्याराथन चन्दननाथ, भैरवनाथको आँगन, खलङ्गा बजार, जुम्लाबाट सुरु भई मुगु, रारातालको हुटु छेउसम्म ५४ किलोमिटरको रहेको छ ।
जुम्ला — म्याराथनमा भारत र फ्रान्सका एक–एक जनासहित ४९ धावक सहभागी भएको आयोजक कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जनाएको छ ।
जुम्लामा सातौं जुम्ला रारा अल्ट्रा म्याराथन सुरु भएको छ । खेलकुदका माध्यमबाट कर्णालीको सुन्दरता र संभावना चिनाउने उद्देश्यले आयोजित जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार विहान ६ बजेदेखि सुरु भएको हो ।
म्याराथनमा भारत र फ्रान्सका एक–एक जनासहित ४९ धावक सहभागी भएको आयोजक कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जनाएको छ । म्याराथनमा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई एक लाख नगदसहित स्वर्ण पदक प्रदान गरिनेछ । द्वितीय हुनेलाई रजत पदकसहित ७५ हजार र तृतीयलाई कास्य पदकसहित ५० हजार रुपैयाँ दिइनेछ । चौथो र पाँचौ हुनेलाई २०–२० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
जुम्ला रारा अल्ट्रा म्याराथन चन्दननाथ, भैरवनाथको आँगन, खलङ्गा बजार, जुम्लाबाट सुरु भई मुगु, रारातालको हुटु छेउसम्म ५४ किलोमिटरको रहेको छ । म्याराथनसँगै १० किलोमिटर र पाँच किलोमिटर दौडको पनि आयोजना गरिएको थियो । १० किलोमिटरमा २ सय जना र ५ किलोमिटरमा ६ सय जना दौडिएको आयोजक कर्णाली स्पोर्ट्सका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
कृतिमानी धावक हरिबहादुर रोकायाले जुम्ला खेलपर्यटनका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने सम्भावना औंल्याउँदै हरेक बर्ष आयोजना हुँदै आएको जुम्ला रारा म्याराथनले पनि त्यसमा टेवा पुर्याएको बताए । ‘कर्णालीको खेलकुद सरकारी प्राथमिकतामा परिरहेको छैन । खेलाडीहरुले प्रतिभा देखाउन पाइरहेका छैनन् । खेल क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रदर्शन गर्न यस्ता म्याराथन प्रतियोगित नमुना बनिरहेका छन्,’ रोकायाले भने ।
बिजेता खेलाडीलाई रारातालको छेउमै पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
