कोशी प्राइड लिगको ट्रफी अनावरण

नेपालको प्रमुख घरेलु क्रिकेट लिग केपिएल सिजन–३ आगामी जेठ ९ देखि सुरु हुँदैछ ।

वैशाख २६, २०८३

अर्जुन सुवेदी

Koshi Pride League trophy unveiled

सुनसरी — कोशी प्राइड लिग सिजन–३ को ट्रफी अनावरण गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित डा. खलिल अजाद खेलमैदानमा शनिबार नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले ट्रफी अनावरण गरेका हुन्। 

नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग (केपिएल) सिजन–३ आगामी जेठ ९ देखि सुरु हुँदैछ । त्यसको दुई साताअघि शनिबार आयोजित एक कार्यक्रमबीच ट्रफी अनावरण गरिएको हो ।

कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० प्रतियोगिताको मिति यसअघि विभिन्न कारण सर्दै आएको थियो । क्यानले स्वीकृति दिएको प्रतियोगिता यसअघि फागुन ९ देखि २१ सम्म हुने भनिए पनि विभिन्न कारण दुई पटक सरेको थियो । 

कार्यक्रममा क्यान अध्यक्ष चन्दले कोशी प्राइड लिग जस्ता प्रतियोगिताले खेलाडीलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने बताए । उनले निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेटप्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने मुख्य आधार भएको बताए । प्रतियोगितामा विभिन्न सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । हरेक टिमले ड्राफबाट ३ देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । अक्सनमा समावेश २ सय ३२ खेलाडीमध्ये ८४ खेलाडीले भाउ पाएका थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १ सय ३ खेलाडी रहेका थिए । 

अर्जुन

Link copied successfully