कोलकाताको जितमा फिनको शतक

कोलकाता सजिलो जितसम्म पुग्दा ३४ बलको खेल बाँकी थियो ।

वैशाख २६, २०८३

कान्तिपुर संवाददाता

Finn scores century in Kolkata's win

काठमाडौँ — ओपनर फिन एलेनको शानदार शतकको मदतले कोलकाता नाइट राइडर्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सलाई आठ विकेटले हराएको छ । कोलकाता सजिलो जितसम्म पुग्दा ३४ बलको खेल बाँकी थियो ।

दिल्लीले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ४२ रन बनाएको हो । त्यसमा पथुम निसान्काले २९ बलमा ५० रन बनाए । जवाफमा कोलकाताले १४.२ ओभरमा दुई विकेट गुमाएर १ सय ४७ रन बनायो ।

पहिलो आईपीएल शतक बनाउने क्रममा फिनले ४७ बलको मात्र सामना गरेर नटआउट रहेर ठ्याक्कै सय रन बनाए । उनले पाँच चौका र दस छक्का प्रहार गरे ।

यो जितपछि कोलकाताको नौ अंक भएको छ र सातौं स्थानमा छ । यो शीर्ष चारबाट तीनै अंकको मात्र दूरी हो । दिल्ली भने आठ अंकमै सीमित रहेर आठौं स्थानमा रह्यो ।

कान्तिपुर

Link copied successfully