भिल्ला ४४ वर्षपछि युरोपेली फाइनलमा

युरोपा लिगको सेमिफाइनल दोस्रो लेगमा उसले नटिंघम फरेस्टलाई सजिलै ४–० ले हरायो र समग्रमा ४–१ को अग्रता लियो ।

वैशाख २५, २०८३

कान्तिपुर संवाददाता

Villa reach European final after 44 years

काठमाडौँ — एस्टन भिल्लाले बिहीबार ४४ वर्षयता पहिलो पटक युरोपेली फाइनलमा स्थान बनाएको छ । युरोपा लिगको सेमिफाइनल दोस्रो लेगमा उसले नटिंघम फरेस्टलाई सजिलै ४–० ले हरायो र समग्रमा ४–१ को अग्रता लियो ।

फरेस्टले पहिलो लेगमा १–० को अग्रता लिएपनि त्यो काम लागेन् । अब उपाधिको भिडन्तमा भिल्लाले जर्मनीको फ्रेबर्गको सामना गर्नेछ । इंग्लिस प्रिमियर लिग क्लबका लागि भिल्ला पार्कमा ओली वाट्किन्स र इमि बेन्डियाले एक एक गोल गरे ।

यस्तै जोन म्याकगिनले दुई गोल थपे । अब भिल्लासामु सन् १९९६ को लिगकप उपाधियता पहिलो ठूलो सफलता चुम्ने अवसर हुनेछ । अर्को सेमिफाइनल दोस्रो लेगमा फ्रेबर्गले ब्रागलाई ३–१ ले हराएर समग्रमा ४–३ को अग्रता लियो । फ्रेबर्गका लागि लुकास कुबेलरले दुई गोल गरे ।

कान्तिपुर

Link copied successfully