बागमती गोल्डकपको फाइनलमा चित्लाङ

उपाधिका लागि चित्लाङ एफसी र बागमती युथ क्लब भिड्ने

वैशाख २४, २०८३

प्रताप विष्ट

Chitlang in the final of Bagmati Gold Cup

हेटौँडा — चित्लाङ एफसी, काठमाडौं बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बागमती गाउँपालिकास्थित सहिद स्मृति रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा सिमराको नव जनजागृती क्लबलाई ५–१ गोलले हराउँदै चित्लाङ गोल्डकपको फाइनलमा पुगेको हो ।  

चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ४३औं र ८७औं मिनेटमा, एरोन थापाले ७८औं र ८१औं मिनेटमा गोल गरे भने समीर तामाङले ७९औं मिनेटमा गोल गरे । जन जागृतीका लागि विक्रम लामाले ८३औं मिनेटमा एक गोल फर्काए । चित्लाङका सोलोमन प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 

चित्लाङ एपीएफलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा मछिन्द्रलाई हराउदै सेमिफाइनल प्रवेश गरेको हो । 

चित्लाङले अब उपाधिका लागि शनिबार सर्लाहीको बागमती युथ क्लबसंग भिड्ने छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा फ्रेन्ड्स क्लबलाई हराउँदै बागमती फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र बिधागत उत्कृष्टहरूले २५–२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully