नेपाल रन फाइब के च्यालेन्ज २६ वैशाखमा

आगामी शनिबार हुने दौड चाँगुनारायण नगरपालिकाको आयोजनामा चाँगुनारायणमै हुन लागेको हो ।

वैशाख २३, २०८३

कान्तिपुर संवाददाता

Nepal Run 5K Challenge on 26th Baisakh

काठमाडौं — एथलेटिक्स परिवारको आयोजनामा यसै साता नेपाल रन फाइब के च्यालेन्ज हुने भएको छ । वैशाख २६ शनिबार हुने दौड चाँगुनारायण नगरपालिकाको आयोजनामा चाँगुनारायणमै हुन लागेको हो । दौडमा दुई सयभन्दा बढीको सहभागिता रहने आयोजकको भनाइ छ ।

दौडमा पुरुष र महिलाको खुल्ला तथा पुरुष भेट्रान समावेश गरिएको छ । यस्तै, १८ वर्षमुनिको पुरुष र महिला ३ किलोर दौड, महिला भेट्रानको ३ किलोमिटर दौड पनि हुनेछ । पुरुष र महिलामा पहिलो हुनेले १२ हजार, दोस्रोले ८ हजार र तेस्रोले ४ हजार रुपैयाँ जित्नेछ ।

प्रतियोगिताको कुल बजेट ७ लाख ६६ हजार रुपैयाँ रहेको छ । दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भएर त्यहीँ आएर टुंगिनेछ । प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एथलेटिक्स परिवारको अध्यक्ष राजन खत्रीले यसको उद्देश्य उदयमान खेलाडी उत्पादन गर्ने रहेको बताए ।

कान्तिपुर

Link copied successfully