सागर डिस्ट्रिलरीलाई जंगल सफारी क्रिकेट उपाधि

चितवनको सौराहास्थित चितवन फरेस्ट रिसोर्टमा भएको फाइनलमा द गर्भनरले फाइनलमा कथालय एजुकेसन कन्सल्टेन्सीलाई ३ विकेटले हरायो ।

वैशाख २३, २०८३

कान्तिपुर संवाददाता

Jungle Safari Cricket title to Sagar Distillery

काठमाडौं — द गभर्नर (सागर डिस्ट्रिलरी ग्रुप)ले जंगल सफारी फाइभ ‘ए’ साइड क्रिकेट प्रतियोगिता जितेको छ । इभेन्ट्स दरबार प्रालिको आयोजनामा चितवनको सौराहास्थित चितवन फरेस्ट रिसोर्टमा भएको खेलमा द गर्भनरले कथालय एजुकेसन कन्सल्टेन्सीलाई ३ विकेटले हराएको हो । 

टस जितेको कथालयले निर्धारित ५ ओभरमा ४ विकेट गुमाई ४८ रन बनाएको थियो । जवाफमा सागर डिस्ट्रिलरीले ५ ओभर खेल्दै १ विकेट गुमाएर ५२ रन बनायो । प्रभु बैंक तेस्रो भयो । 

३ दिने प्रतियोगितामा पुरुषतर्फ कथालयका रौनक उत्कृष्ट ब्याटर र विनम क्षेत्री उत्कृष्ट बलर भए । महिलातर्फ लक्ष्मी सनराइज बैंकका कल्पना कुँवर उत्कृष्ट ब्याटर र रीता राजवंशी उत्कृष्ट बलर भए । कथालयका विनम उत्कृष्ट खेलाडीमा चुनिए ।

प्रतियोगिताका सहभागी ९ टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । समूह ‘ए’ मा लक्ष्मी सनराइज, प्रभु बैंक, उपलब्धी मिडिया, समूह ‘बी’ मा कथालय, एनआरएनए टिम ए, कान्तिपुर म्याक्स तथा समूह ‘सी’ मा एनआरएनए टिम बी, क्रिकेट उत्सव र द गभर्नरले प्रतिस्पर्धा गरेका थिए ।

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा, होटल एसोसिएसनका पूर्वअध्यक्ष दीपक भट्टराईले प्रतियोगिताको उद्घाटन गरेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव दीपेश खत्रीले बलिङ र मेयर सापकोटाले ब्याटिङ गर्दै प्रतियोगिता सुरुवात गरे । विजयी खेलाडीलाई एनआरएनका सचिव खत्रीले पुरस्कृत गरे । 

कान्तिपुर

Link copied successfully