ओमानविरुद्ध नेपालको ब्याटिङ, पहिलो बलमै विनोद क्याचआउट

नेपालका कप्तान रोहित पौडेलले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

वैशाख २२, २०८३

विनोद पाण्डे

Nepal's batting against Oman, Binod caught out on the first ball

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा ओमानविरुद्ध ब्याटिङ सुरु गरेको छ । नेपालका कप्तान रोहित पौडेलले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

लिग २ को यस शृंखलामा यो अन्तिम खेल हो । नेपालले यूएईविरुद्ध शुक्रबार खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गरेको छ । भीम सार्की र सोमपाल कामीको स्थानमा आसिफ शेख र करण केसीलाई ल्याएको छ ।

आसिफले विनोद भण्डारीसँगै ओपनिङमा ब्याटिङ गरे पनि विनोद पहिलो बलमै गोल्डेन डकआउट भएका छन् । ओमानका जतिन रमानन्दीको बल डिफेन्ड गर्ने क्रममा भण्डारी हम्मद मिर्जाबाट क्याचआउट भए । विनोदको ठाउँमा अर्जुन कुमाल आएका छन् । 

यूएईविरुद्धको अघिल्लो खेलमा विनोद र ‘डेब्यु’ गरिरहेका अर्जुन कुमालले ओपनिङमा ब्याटिङ गरेका थिए । ओमानविरुद्धको अघिल्लो खेलमा नेपाल डकवर्थ लुइस पद्धतिका आधारमा १ सय २ रनले पराजित भएको थियो । नेपालले यूएईविरुद्धको दुबै खेल जितेको थियो । ओमन भने यूएईस“ग दुबै खेलमा पराजित भएको थियो । 

नेपाल २३ खेलमा १६ अंक जोडि सातौं स्थानमा यथावत छ । ओमान २७ खेलमा ३१ अंक जोडि तेस्रो स्थानमा छ । नेपाल लिग २ मा ओमानस“ग कीर्तिपुरमा भएका तीनै खेलमा पराजित भएको छ । २०२३ को एसिया कप छनोटमा भने कुशल मल्लको शतकमा नेपालले ओमानलाई पराजित गरेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully